
१४ वैशाख, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमता भएको म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भइसकेको छ। यस आयोजनालाई प्रवर्द्धन गर्ने हाइड्रो भिलेज प्रालिले पहुँचमार्ग (सडक), विद्युत्गृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर रूपमा अगाडि बढाइरहेको छ। बगर गाउँदेखि बाँध निर्माण स्थल दोभानसम्म डाइभर्सनमार्फत सडक निर्माण गरी बगरमा कार्यालय स्थापना गरिएको छ। आयोजनाका प्रमुख उत्तम पौडेलले विद्युत्गृहबाट निस्कने पानी थुनिने छान्न १,१३० मिटर लामो टेलरेस सुरुङ निर्माण शुरु गरिएको जानकारी दिए।
‘बगर–तातोपानी खण्डको भिरमा सडक निर्माण नहुँदासम्म म्याग्दी नदी किनारै किनार डाइभर्सन बनाएर बाँध निर्माण स्थल दोभानसम्म करिब १० किलोमिटर पहुँचमार्ग पुर्याएका छौँ,’ उनले भने, ‘टेलरेस टनेलको excavation गर्न थालेको छ। सिभिल ठेकेदार भूगोल इन्फ्रास्ट्रक्चर विद्युत्गृह, बाँध र मुख्य सुरुङ excavation को तयारीमा छ।’ म्याग्दी र कुनाबाङ खोलाको दोभानमा निर्माण हुने बाँधबाट ७५ मिटर लामो र ११.९ मिटर अग्लो बालुवा थिग्राउने पोखरी ‘डिसेन्डर’ मा पानी सञ्चय गरिनेछ। त्यसपछि ७१० मिटर लामो पाइपलाइनबाट ल्याइएको पानीलाई ३,६०० मिटर लामो सुरुङमार्फत भित्र पुर्याइनेछ।
फेरि ७५० मिटर लामो पाइपलाइनबाट पानीलाई ६०७ मिटर उचाइको पहाडभित्र बनेको भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ, पौडेलले बताए। भूमिगत विद्युत्गृहमा ‘रन अफ रिभर’ प्रकृतिको यस आयोजनामा २०९ मिटर ठाडो सुरुङ, २३० मिटर ‘प्रेसर टनेल’, ५८७ मिटर ‘इनक्लाइन टनेल’ र ७५७ मिटर ‘पेनस्टक पाइप’का विभिन्न संरचनाहरू रहनेछन्। विद्युत्गृहमा तीन वटा युनिट ‘टर्बाइन’हरु समावेश गरिनेछन्। आयोजनाले प्रति घण्टा सुक्खा मौसममा ११७.८२ र वर्षात मौसममा २६४.४५ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ।
बगर र तातोपानी बीचको पहाडमा बाहिरबाट ६४० मिटर लामो सुरुङ खनेर त्यसभित्र भूमिगत विद्युत्गृह बनाउने काम भइरहेको छ। बगरदेखि १६.५ किलोमिटर टाढा रहेको डाँडाखेत सबस्टेशनबाट केन्द्रीय प्रणालीमा विद्युत् पठाउन १३२ केभी क्षमताको ‘डबल र मल्टि सर्किट’ प्रसारण लाइन निर्माणको काम अघि बढिरहेको छ, आयोजना जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीले जानकारी दिए। प्रति मेगावाट रु २० करोड दरले कुल रु १३ अर्ब लागत अनुमान गरिएको यस आयोजनाले विसं २०८४ चैतदेखि विद्युत् उत्पादन शुरू गर्ने लक्ष्य राखेको छ। सिभिल ठेकेदार गत पुस महिनादेखि परिचालित छ भने इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल ठेकेदार छनोट प्रक्रियामा छन्, आयोजना व्यवस्थापक प्रमेश थापाले बताए। केही दिनभित्रै भैँसीखर्क क्षेत्रमा नेपाली सेनाको ‘क्याम्प’ (आधार शिविर) स्थापना गर्ने तयारी भइरहेको छ। विस्फोटक पदार्थको सुरक्षा सुनिश्चित गर्न नेपाली सेनाको क्याम्प स्थापना भएपछि मुख्य सुरुङ excavation सुरु गरिनेछ।






