
लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ कि इजरायली आक्रमणमा दुई बालबालिकासहित १४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्। यो आक्रमण त्यतिबेला भएको हो जब गत बिहीबार दुइ देशबीचको युद्धविराम तीन हप्ताका लागि थपिएको थियो। सम्झौता अनुसार इजरायललाई आफ्नो सुरक्षा सुनिश्चित गर्न जब जहाँ आवश्यक हुन्छ त्यस्तो कदम चाल्ने अधिकार प्राप्त छ।
आक्रमण अघि, इजरायल रक्षा बल (आईडीएफ) का प्रवक्ताले दक्षिणी लेबनानका धेरै गाउँका बासिन्दाहरूलाई अविलम्ब त्यहाँबाट सर्न चेतावनी दिएका थिए। त्यहाँ बस्न जीवनमा खतरा हुने भन्दै गाउँ छोड्न अनुरोध गरिएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने कि आईडीएफ सक्रिय र उत्साहका साथ काम गरिरहेको छ र हिजबुल्लाहले युद्धविराम तोडेकोमा दोषी रहेको आरोप लगाए।






