Skip to main content

पीएम कप एनभीए भलिबल लिगमा हेल्प नेपालको चौथो लगातार विजय

समाचार सारांश: हेल्प नेपाल स्पोर्ट्स क्लबले रेडबुल दशौं पीएम कप एनभीए लिग पुरुष भलिबलमा लगातार चौथो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हेल्प नेपालले नेपाल एपीएफ क्लबलाई ३-१ सेटको अन्तरले पराजित गर्‍यो। साथै, खिल्जी युवा क्लबले कोशी प्रदेशलाई हराउँदै पुरुषतर्फ पहिलो विजय सहित ३ अंक हात पारेको छ। १५ वैशाख, काठमाडौं। हेल्प नेपाल स्पोर्ट्स क्लबले रेडबुल दशौं पीएम कप एनभीए लिग महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत पुरुषतर्फ लगातार चौथो जीत निकालेको छ। मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा हेल्प नेपालले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-१ सेटमा पराजित गर्‍यो।

हेल्प नेपालले एपीएफलाई २५-१५, २३-२५, २५-१३, २५-१४ को सेट स्कोरमा हराएको हो। चार खेल लगातार जितेर अपराजित रहँदै हेल्प नेपालले १२ अंक जोडेको छ। एपीएफको यो लगातार चौथो हार हो। त्यस्तै, पुरुषतर्फ खिल्जी युवा क्लबले पहिलो विजय हासिल गरेको छ। खिल्जीले कोशी प्रदेशलाई २५-१९, २५-२०, २६-२४ को सेट स्कोरमा पराजित गरेको हो। खिल्जीले पाँचौं खेलमा प्रवेश गरी पहिलो जीतसहित ३ अंक हात पारेको छ।