
भक्तपुर र काठमाडौंको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुमवासी क्षेत्रका सबै ९४१ घर ध्वस्त गर्ने काम सम्पन्न भएको छ। मनोहरा क्षेत्रमा काठमाडौंदेखि १३१ र भक्तपुरतर्फ ८०६ गरी कुल ९३७ परिवारहरू बस्दै आएका थिए। सुकुमवासीसँगको झडपमा २२ सुरक्षाकर्मी घाइते भएका थिए र शान्तिपूर्ण रूपमा बस्ती खाली गराइएको छ।
१५ वैशाख, काठमाडौं। भक्तपुर र काठमाडौंको सिमानामा पर्ने मनोहरा सुकुमवासी क्षेत्रका सबै संरचना ध्वस्त पार्ने काम पूरा भएको छ। प्रहरीले जनाएको अनुसार काठमाडौंतर्फ १३१ र भक्तपुरतर्फ ८१० गरी जम्मा ९४१ घरधुरीहरु ध्वस्त गरिएको छ। जहाँ मनोहरा क्षेत्र अन्तर्गत काठमाडौँतर्फ १३१ परिवार र भक्तपुरतर्फ ८०६ परिवार गरी कुल ९३७ परिवार बस्दै आएका थिए।
त्यस स्थानका संरचनाहरू ध्वस्त गर्न दुई दर्जनभन्दा बढी जेसीबीहरु प्रयोग गरिएको थियो। त्यस क्रममा एक सामुदायिक विद्यालयसहित मनोहरा सुकुमवासी बस्तीका सबै संरचनाहरु ध्वस्त गरिएका हुन्। शनिबार साँझ संरचना हटाउने क्रममा सो क्षेत्रमा ढुङ्गामुढा समेत भएको थियो। सुकुमवासीसँगको झडपमा प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित २२ जना सुरक्षाकर्मी घाइते भएका थिए।
आइतबार बिहान करिब दुई हजार सुरक्षाकर्मी पुगेका बेला करिब ८० प्रतिशत सुकुमवासीलै आफैं बस्ती छोडिसकेका थिए। आइतबार र सोमवार शान्तिपूर्ण तरिकाले सुकुमवासी बस्ती खाली गराउने काम सम्पन्न भएको थियो।






