Skip to main content

इजरायलको दावा: हवाई आक्रमणमा हमासको गुप्तचर शाखाका वरिष्ठ नेता मारिएका छन्

इजरायली सेनाले उत्तरी गाजामा गरेको हवाई आक्रमणमा हमासको गुप्तचर शाखाका अपरेशन प्रमुख इयाद अहमद अब्दुल रहमान शम्बारीको मृत्यु भएको दावा गरेको छ। इजरायली सेना र शिन बेटले सार्वजनिक गरेको विज्ञप्तिमा शम्बारीले इजरायली सैन्य गतिविधिहरूको सूचनाहरू संकलनमा प्रमुख भूमिका खेलेको उल्लेख गरिएको छ।

शम्बारीले सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमण योजना तयार पार्न सक्रिय भूमिका निभाएको रिपोर्ट गरिएको छ, जसले द्वन्द्वलाई अझ तीव्र बनाएको छ। इजरायलले उत्तरी गाजामा भएको हवाई आक्रमणमा हमासको गुप्तचर शाखाका वरिष्ठ नेताको मृत्यु भएको जानकारी दिएको छ।

इजरायली सेना र शिन बेट (इजरायली सुरक्षा एजेन्सी) ले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्। विज्ञप्तिमा मृतक गुप्तचर इकाइका अपरेशन प्रमुख इयाद अहमद अब्दुल रहमान शम्बारी भएको उल्लेख छ। ‘इयाद अब्दुल रहमान शम्बारीले इजरायली सैन्य गतिविधिहरू सम्बन्धमा सूचना संकलनमा प्रमुख भूमिका निभाएका थिए र उनलाई उक्त क्षेत्रमा तैनाथ सेना तथा सुरक्षाकर्मीहरूका लागि प्रत्यक्ष खतरा मानिन्थ्यो,’ विज्ञप्तिमा भनिएको छ।

उनले सन् २०२३ अक्टोबर ७ मा भएको हमासको आक्रमणको योजनामा पनि संलग्न रहेको रिपोर्ट गरिएको छ। यस घटनाले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व झन् एक कदम थप बढाएको बताइएको छ।