Skip to main content

प्रधानमन्त्री बालेन्द्र लुम्बिनीमा सहभागी नहुने

प्रधानमन्त्री बालेन्द्र शाहले २५७० औं बुद्ध जयन्ती समारोहमा उपस्थित नहुने जानकारी लुम्बिनी विकास कोषलाई टेलिफोनमार्फत दिएको छ। बुद्ध जयन्ती समारोह वैशाख १८ गते बुटवलमा आयोजना हुने कार्यक्रम तय गरिएको छ। सभामुख डोलप्रसाद अर्याल प्रमुख अतिथि र मन्त्री गनेश पौडेल विशिष्ट अतिथि हुने लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले जानकारी दिएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बुद्ध जयन्ती समारोहमा उपस्थित नहुने भएका छन्। यसअघि, २५७० औं बुद्ध जयन्ती समारोहमा प्रधानमन्त्री शाह उपस्थित हुने लुम्बिनी विकास कोषले जनाएको थियो। तर आज प्रधानमन्त्रीको सचिवालयबाट विकास कोषका पदाधिकारीलाई टेलिफोन गरी बुद्ध जयन्तीमा सहभागी नहुने जानकारी गराइएको छ। बुद्ध जयन्तीमा प्रमुख अतिथिका रूपमा सभामुख डोलप्रसाद अर्याल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेल विशिष्ट अतिथिका रूपमा हुने कार्यक्रम तय भएको रोक्काले बताए।