
टेक्सपायर कर्पोरेट टी-१० लिग क्रिकेटको उपाधि एनसेलले सुबिसुलाई डीएल पद्धति अनुसार ३८ रनले हराउँदै जितेको छ। एनसेलले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै १३१ रन बनायो। अनिल भण्डारीले ३३ बलमा ७४ रन बनाए। एनसेलका अनिल भण्डारी प्लेयर अफ द म्याच र सुरज तिमिल्सिनाले उत्कृष्ट खेलाडीको पुरस्कार पाएका छन्। १६ वैशाख, काठमाडौं।
काठमाडौंको तल्लो मुलपानी मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा एनसेलले सुबिसुलाई ३८ रनले हराउँदै उपाधि जितेको हो। टस हारेर पहिले ब्याटिङमा उत्रिएको एनसेलले १३१ रनको बलियो स्कोर बनायो। एनसेलका लागि अनिल भण्डारीले विस्फोटक ब्याटिङ गर्दै ३३ बलमा ७४ रन बनाए भने समाज पौडेलले २० बलमा ४८ रन जोड्दै टिमलाई उच्च स्कोरमा पुर्याए।
१३२ रनको लक्ष्य पछ्याएको सुबिसुको सुरुवात राम्रो हुन सकेन। टोलीले नियमित अन्तरालमा विकेट गुमाउँदै ८ ओभरमा ६ विकेट गुमाएर मात्र ६३ रन बनाउन सक्यो। विवेक कुमार यादवले १७ रन र दमन चन्दले २३ रन बनाए पनि अन्य ब्याट्सम्यानले ठुलो योगदान दिन सकेनन्। बलिङतर्फ, एनसेलका निराजन परियारले २ ओभरमा १७ रन दिएर १ विकेट लिए। हिमाल चन्दले २ ओभरमा १७ रन खर्चिएर १ विकेट लिए भने विवेक कुमार यादवले २ ओभरमा २४ रन दिए। सचिन्द्र ठाकुरले १ ओभरमा १८ रन खर्चिए। एनसेलका अनिल भण्डारी प्लेयर अफ द म्याच घोषित भए। आईसीएफसी फाइनान्सका कप्तान सुरज तिमिल्सिना प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।






