Skip to main content

दीपेन्द्रसिंह ऐरी चौथो स्थानमा पुगेका छन्

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन्। आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको नयाँ वरियताका अनुसार दीपेन्द्रको रेटिङ अंक २४५ पुगेको छ। उनले नेपाल र यूएईबीचको घरेलु टी-२० आई शृंखलामा ब्याटिङ गरेका थिए।

दीपेन्द्र हालै नेपालका टी-२०आई कप्तान चुनिएका थिए। गत साता सोमबार र मंगलबार भएको यूएईसँगको टी-२०आई शृंखलामा उनले दुवै खेलमा ब्याटिङ गरेका थिए। पहिलो खेलमा उनले ३२ र दोस्रो खेलमा २३ रन बनाएर नटआउट रहेका थिए। पहिलो खेलमा बलिङ नगरेका दीपेन्द्रले दोस्रो खेलमा ३ ओभरमा १६ रन खर्चिएर कुनै विकेट लिएनन्।

आईसीसी टी-२०आई अलराउन्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा छन्, जसको रेटिङ अंक ३२८ छ। भारतका हार्दिक पान्ड्या दोस्रो स्थानमा छन्, जसको रेटिङ अंक २९९ छ। तेस्रो स्थानमा पाकिस्तानका सायम अयुब रहेका छन्।