Skip to main content

शेखर कोइरालाले बागमती प्रदेशस्तरीय छुट्टै भेला आह्वान गरे

१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बस्दैछ। कोइरालाले आफ्नो समूहको बागमती प्रदेशस्तरीय भेला आह्वान गरेका छन्। बैठकमा निवर्तमान केन्द्रीय सदस्यहरू, बहालवाला केन्द्रीय सदस्यहरू (विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति), सांसद तथा पूर्वसांसदहरू, जिल्ला सभापति, पूर्व जिल्ला सभापतिहरू र क्षेत्रीय सभापतिहरूलाई बोलाइएको छ। बैठक बिहान ८ बजे बालुवाटारस्थित ओपेरा होटलमा सुरु हुने कोइरालाको सचिवालयले जनाएको छ। यसअघि बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि आफ्नै समूहको बैठक बोलाएर छलफल गरेका थिए। विशेष महाधिवेशनपछि कांग्रेसमा एकता कायम हुन सकेको छैन। एक समूहले अर्को समूहलाई स्वीकार्न नसक्दा पार्टीभित्र समानान्तर गतिविधिहरू सञ्चालन भइरहेका छन्।