Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

घरधनीले लालपूर्जा देखाएपछि रोकिएको डोजरले पुनः भत्काउन सुरु गर्‍यो

Advertisement800×200-1

नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन डोजरले पुनः काम सुरु गरेको छ। सरकारी टोलीले नदी किनारबाटै जग उचालेर घर बनाएको निष्कर्ष निकालेको छ। यदि घरधनीको वैध जग्गा भेटिएमा त्यो जग्गा फिर्ता गरिनेछ। १९ वैशाख, काठमाडौं।

नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा पुगेर रोकिएको डोजरले फेरि काम अघि बढाएको छ। सो ठाउँका करिब १०–१२ घरधुरी आफ्नो लालपूर्जा रहेको दाबी गरेका थिएपछि डोजर रोकिएको थियो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलका अनुसार, छानबिनका लागि खटिएको सरकारी टोलीले सो क्षेत्रका घरहरू भत्काउनुपर्ने निष्कर्ष निकालेको हो।

‘नदी किनारबाटै जग उचालेर घर बनाएको निष्कर्ष टोलीले सुनाएको छ,’ सीडीओ पौडेलले भने, ‘अहिले ती घरहरूमा डोजर चलाउने काम सुरु भएको छ।’ उनका अनुसार, ती घरहरू मापदण्ड विपरीत बनेको देखिएको हो। पछि पर्याप्त छानबिनपछि यदि नदी किनारको जग्गाबाहेकमा घरधनीको जग्गा देखियो भने त्यो जग्गा फिर्ता गरिनेछ। घरधनीहरूले आफूहरूसँग वैधानिक लालपूर्जा रहेको दाबी गर्दै कुनै पनि हालतमा घर भत्काउन नदिने अडान लिएका कारण सरकारी टोली खटिएको थियो। ८ जनाको सरकारी टोलीले जग्गाको वास्तविकता पत्ता लगाएपछि अहिले पुन: डोजर चलाइएको सीडीओ पौडेलले बताए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर