Skip to main content

रास्वपा सचिवालयको बैठक भोलि, स्थानीय तह उम्मेदवार छनोटको रूपरेखा विषयमा छलफल हुनेछ

फाइल तस्वीर १९ वैशाख, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोलि सचिवालय बैठक आह्वान गरेका छन्। भोलि बिहान पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक बस्ने तय गरिएको छ। बैठकमा सचिवालयका सबै सदस्यहरूको अनिवार्य उपस्थितिको निर्देशन दिइएको छ। बैठकको पहिलो कार्यसूचीमा स्थानीय तहको उम्मेदवार छनोट गर्ने रूपरेखा २०८३ सम्बन्धमा छलफल हुनेछ। त्यस्तै, दोस्रो कार्यसूची महाधिवेशन कार्यविधि २०८३, तेस्रो संसदीय दलको विधान संशोधन र चौथो विविध विषयहरू रहेका छन्।