
इन्डियन विमेन्स लिगमा नेपाली मिडफिल्डर सरु लिम्बुले गोल गरेपछि किकस्टार्टले सेसा फुटबल एकेडेमीलाई ३-० को शानदार पराजय दिएको छ। यस खेलमा सरुले २९औं मिनेटमा गोल गरेकी थिइन्। नाइजेरियन खेलाडी इमेम पिस इसियनले १७औं मिनेटमा गोल गरेकी थिइन् भने बबिसाना देवीले ६७औं मिनेटमा टोलीको तेस्रो गोल थपिन्। किकस्टार्टले १० अंक जोड्दै छैटौँ स्थानमा रहेको छ।
त्यस्तै, नेपाली राष्ट्रिय टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बा समावेश सेथु एफसीले श्रीभूमी फुटबल क्लबलाई २-१ ले हराएको छ। सेथुको लागि सुमती कुमारीले १३औं, स्लिन्डा कोमले २०औं र घानाकी खेलाडी फिलोमेना अबकाशले पेनाल्टीमार्फत ३८औं मिनेटमा गोल गरेकी थिइन्। सेथु १९ अंकसहित दोस्रो स्थानमा रहँदै आएको छ भने इस्ट बंगला २७ अंकसहित शीर्ष स्थानमा छ। अब किकस्टार्टले शीर्ष स्थानको इस्ट बंगला विरुद्ध खेल्नेछ भने सेथु एफसीले निता फुटबल एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ।






