Skip to main content

नेपाल र ओमानबीचको खेलअघि क्यानले टिकट मूल्य घटायो

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानसँगको खेलका लागि टिकट मूल्य ४०० बाट २०० रुपैयाँमा घटाएको छ। टिकट मूल्य धेरै भएकाले दर्शक संख्या कम भएपछि क्यानले टिकट मूल्य समायोजन गरेको हो। क्यानले आगामी शृंखलाका लागि टिकट मूल्य समायोजन गर्ने वा नगर्ने बारेमा कुनै जानकारी दिएको छैन। २१ वैशाख, काठमाडौं।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा भइरहेको शृंखलाअन्तर्गत नेपाल र ओमानबीचको अन्तिम खेलअघि नेपाल क्रिकेट संघ (क्यान)ले टिकट मूल्य घटाएको छ। क्यानले सामाजिक सञ्जालमा पोस्ट गर्दै ओमानसँगको खेलका लागि टिकट मूल्य २०० रुपैयाँ तोकेको हो। यसअघि नेपालको खेलका लागि ४०० तथा बाँकी खेलका लागि १०० रुपैयाँ टिकट मूल्य तोकिएको थियो।

चलिरहेको लिग २ शृंखलामा दर्शक संख्या कम भएका कारण टिकट मूल्य धेरै हुनु दर्शकको संख्या कम हुनुको कारण भएको चर्चा हुँदै आएको थियो। पूर्व खेलाडीदेखि समर्थकसम्मले टिकट मूल्य धेरै भएको टिप्पणी गरेका थिए। दर्शकको संख्या बढाउनका लागि टिकट मूल्य कम गरिएको बुझिएको छ। यो मूल्य नेपाल, अमेरिका र स्कटल्यान्डबीच हुने आगामी शृंखलाका लागि पनि कायम रहेको क्यानले जनाएको छ।