Skip to main content

फिफा विश्वकप २०२६ को लागि स्वीडेनले २६ सदस्यीय टोली घोषणा गर्‍यो

स्वीडेनले फिफा विश्वकप २०२६ को लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ। टोलीमा प्रिमियर लिगका भिक्टोर योकेरेस र अलेजान्डर इसाक प्रमुख खेलाडिहरू रहेका छन्। स्वीडेन समूह एफ अन्तर्गत नेदरल्यान्ड्स, जापान, र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ।

३० वैशाख, काठमाडौं। जुन ११ देखि सुरु हुने फिफा विश्वकप २०२६ का लागि युरोपेली राष्ट्र स्वीडेनले आफ्नो टोली सार्वजनिक गरेको छ। स्वीडेनले प्रतियोगिताका लागि २६ सदस्यीय अन्तिम टोली नै घोषणा गरेको छ। प्रिमियर लिगका दुई स्टार खेलाडी भिक्टोर योकेरेस र अलेजान्डर इसाकलाई टोलीको मुख्य स्तम्भको रूपमा राखिएको छ।

डेजान क्लुसेभ्स्की, रोनी बर्डघी, र विलिओट स्विडवर्गजस्ता खेलाडीहरू टोलीमा छैनन्, जसको घोषणा मुख्य प्रशिक्षक ग्राहम पोटरले गरेका हुन्। समूह एफ मा रहेर स्वीडेनले नेदरल्यान्ड्स, जापान र ट्युनिसियासँग मैदानमा भिड्ने छ।

स्वीडेनको टोली यस प्रकार रहेको छ:
गोलकिपर: भिक्टोर जोहानसोन, क्रिस्टोफर नोर्डफेल्ट, ज्याकोब जेटेरस्ट्रोम।
डिफेन्डर: हाल्मर एक्दाल, गाब्रिएल गुडमुन्डसोन, इसाक हिएन, एमिल होल्म, गुस्ताफ लागेरबिएलके, भिक्टोर लिन्डेलोफ, एरिक स्मिथ, कार्ल स्टारफेल्ट, एलिओट स्ट्रोउड, डानिएल स्भेन्सन।
मिडफिल्डर: यासिन आयारी, लुकास बर्गभाल, जेस्पर कार्लस्ट्रोम, बेन्जामिन नाइग्रेन, केन सिमा, माथिएस स्भानबर्ग, बेसफोर्ट जेनेली।
फर्वार्ड: ताहा अली, अलेजान्डर बर्नहार्डसन, एन्थोनी एलाङ्गा, भिक्टोर योकेरेस, अलेजान्डर इसाक, गुस्ताफ निल्सन।