Skip to main content

निजी विद्यालयका विद्यार्थीहरूबाट तीन प्रतिशत शिक्षा कर सङ्कलन गरिने

सरकारले आगामी आर्थिक वर्षदेखि निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबाट तीन प्रतिशत शिक्षा समता शुल्क सङ्कलन गर्ने निर्णय गरेको छ। बजेट वक्तव्यमा भनिएको छ, “निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीहरूबाट सङ्कलन गर्ने सबै प्रकारका शुल्कमा तीन प्रतिशत दरले शिक्षा समता शुल्क थप गरिनेछ।” १५ जेठ, काठमाडौं।

सरकारले नयाँ आर्थिक वर्षदेखि निजी विद्यालयका विद्यार्थीहरूबाट तीन प्रतिशत कर सङ्कलन गर्ने योजना सार्वजनिक गरेको छ। यसलाई ‘शिक्षा समता शुल्क’ को रुपमा बजेटमा उल्लेख गरिएको छ। यसको अर्थ विद्यार्थीहरूले बुझाउने शुल्कमा तीन प्रतिशत थप शुल्क लाग्नेछ। बजेट वक्तव्यमा यसबारे स्पष्ट उल्लेख छ, ‘निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीहरूबाट असुल गर्ने सबै प्रकारका शुल्कमा तीन प्रतिशत दरले शिक्षा समता शुल्क लगाइनेछ।’