Skip to main content

अनिल झा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा नियुक्त

अनिल झा नेतृत्वमा रहेको राष्ट्रीय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ। नेपाली कांग्रेसले रौतहटमा बसोबास गर्ने झालाई पार्टीको विधान अनुसार केन्द्रीय कार्यसमिति सदस्यमा नियुक्त गरिएको छ। १७ जेठ, काठमाडौं। राष्ट्रिय सद्भावना पार्टीलाई नेपाली कांग्रेसमा समाहित गराएका अनिल झा केन्द्रीय सदस्यका रुपमा राखिएका छन्। कांग्रेस सभापति गगनकुमार थापाले रौतहटवासी झालाई पार्टी विधानको धारा ४ अनुसार केन्द्रीय कार्यसमितिको सदस्य पदमा नियुक्त गरेका हुन्। झा नेतृत्व गरेको सद्भावना पार्टी यही दिन कांग्रेसमा समाहित भएको छ। झालाई गत फागुन २१ मा सम्पन्न निर्वाचनमा रौतहट १ सुचीकृत क्षेत्रबाट कांग्रेसले उम्मेदवार बनाएको थियो, तर उनी पराजित भएका थिए।