Skip to main content

रोल्पामा करेन्ट लागेर एक जनाको निधन

रोल्पाको माडी गाउँपालिका–४ स्याङखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर ३९ वर्षीय हरि बहादुर घर्ती मगरको निधन भएको छ। स्थानीय बासिन्दाले खोला किनारमा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि रोल्पा अस्पताल रेउघा पठाएको जनाएको छ। १९ जेठ, रोल्पा।

माडी गाउँपालिका–४ तार्केबाङ स्थित स्याङखोलामा करेन्ट लागेर एक जनाको निधन भएको छ। सोमबार अपराह्न ४ बजे माडी गाउँपालिका–२ घर्तिगाउँ निवासी ३९ वर्षीय हरि बहादुर घर्ती मगरको मृत्यु भएको हो। करेन्ट लागेको र खोला किनारमा लडिरहेको अवस्थामा बाख्रा चराइरहेका स्थानीयहरूले देखेपछि चालकलाई खबर गरेका थिए। चालक घटनास्थलमा पुगेर हेर्दा घर्ती मगरको निधन भइसकेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि रोल्पा अस्पताल रेउघा पठाइएको छ भन्ने जानकारी जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक एवं सूचना अधिकारी सुनिल थापा नेपालीले दिएका छन्।