Skip to main content

सुनचाँदीको मूल्यमा वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ र चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ। नयाँ निर्धारण अनुसार सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य ५ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ।

बजेटले भन्सार दर वृद्धि गरेपछि आइतबार सुनको मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँले बढेको थियो। १९ जेठ, काठमाडौं। मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ। महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ कायम गरेको छ। अघिल्लो दिन सुनको मूल्य ३ लाख १० हजार ९ सय रुपैयाँ थियो।

बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्‍याएपछि आइतबार मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँले वृद्धि भएको थियो। आज चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेको छ। अघिल्लो दिन ५ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ हजार ४०५ रुपैयाँ कायम भएको छ।