Skip to main content

भक्तपुरमा मजदुर बोकेको ट्र्याक्टर दुर्घटना, २ जनाको मृत्यु, ९ जना घाइते

भक्तपुरको चाँगुनारायण नगरपालिका-८ मञ्जुश्री गुम्बा नजिकै मजदुर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कलमसिस्थित एक होटलमा ढलान सकेर १२ जना मजदुर बोकी फर्कँदै गरेको ट्र्याक्टरको ब्रेक फेल भएर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका मजदुरहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार ट्र्याक्टर पल्टिएर च्यापिँदा दुई मजदुरको मृत्यु भएको जानकारी प्राप्त भएको छ। भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले यस घटनाबारे थप जानकारी दिएका छन्।