Skip to main content

दुई पटक निर्वाचित वडाध्यक्ष दिनेश राईले एमालेबाट अलग्गिए

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले नेकपा एमाले पार्टी छोडेका छन्। राईले वर्ष २०७४ र २०७९ को निर्वाचनमा एमालेबाट दुई पटक वडाध्यक्ष भएर निर्वाचित भएका थिए। उनले २५ जेठमा फेसबुकमार्फत पार्टीबाट अलग्गिएको घोषणा गरे। राईले भने, “कसैसँग आग्रह, पूर्वाग्रह वा असन्तुष्टिको कारण नभई आफूले आफ्नो राजनीतिक सोच, मूल्य र मान्यताको आधारमा पार्टी छाडेको”।

राईले सन् २०६४ देखि एमालेको संगठित सदस्यता लिएर आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। उनले युवा संघको जिल्ला सदस्य, जिल्ला अध्यक्ष, केन्द्रीय सचिवालय सदस्य, जिल्ला इन्चार्ज, युवासंघको इन्चार्ज जस्ता महत्वपूर्ण जिम्मेवारीहरू पनि सम्हालेका थिए।