एटलान्टा स्टेडियममा जारी खेलको ७५औं मिनेटमा कप्तान ह्यारी केनको गोलमार्फत इङ्ग्ल्यान्डले बराबरी गोल फर्काएको हो। फिफा विश्वकप २०२६ अन्तर्गतको राउन्ड अफ ३२ खेलमा इङ्ग्ल्यान्ड र डीआर कंगोबीच एक-एक गोलको बराबरीमा खेल रोकिएको छ। खेलको ७५औं मिनेटमा कप्तान ह्यारी केनले एन्थोनी गोर्डनको पासमा हेडरमार्फत गोल गर्दै आफ्नो टोलीका लागि बराबरी गोल फर्काएका छन्। यसअघि खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई सुरुआती अग्रता दिलाएका थिए। १७ असार, काठमाडौं।

