बालेन सरकारलाई जेन जी अभियानकर्मीहरूले दिएको ‘रिपोर्ट कार्ड’। असार २० गते प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा गठन भएको सरकार १०० दिन पुरा हुँदैछ। गत वर्षको भदौ २३ र २४ गते भएको जेन जी विद्रोहपछि अन्तरिम सरकार गठन भएको थियो। उक्त सरकारले सम्पन्न गरेको आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले लगभग दुईतिहाइ बहुमत हासिल गर्यो। चुनावमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत भई विजयी भएका वालेन्द्र शाहले गत चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिएका थिए।
सरकार गठन भएको पहिलो दिनै शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरिएको थियो। सरकारको १०० दिन पूरा भएपछि केही जेन जी अभियानकर्मीहरूलाई “तपाईंले सरकारको कामको मूल्याङ्कन कसरी गर्नुभयो?” भनेर सोधिएको थियो।

