Skip to main content

आईएसएफ फुटबल विश्वकपका लागि ४५ खेलाडी प्रारम्भिक छनोटमा परेका छन्

नेपाल विद्यालय खेलकुद महासंघले आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय प्रारम्भिक खेलाडी सूची सार्वजनिक गरेको छ। महासचिव राजकुमार कार्कीका अनुसार बुधबार च्यासलमा भएको छनोट प्रतियोगितामा तीन सय खेलाडी सहभागी थिए। चीनमा हुने विश्वकपका लागि अन्तिम २० खेलाडीको छनोट गरिने महासचिव कार्कीले जानकारी दिए।

एनएसएसएफले बिहीबार प्रारम्भिक छनोटमा परेका ४५ खेलाडीको सूची सार्वजनिक गरेको छ। च्यासलमा बुधबार सम्पन्न छनोट प्रतियोगितामा सहभागी खेलाडीबीचबाट ४५ खेलाडी प्रारम्भिक छनोटमा परेका छन्। महासचिव कार्कीका अनुसार छनोटमा करिब ३०० खेलाडी सहभागी थिए।

प्रारम्भिक छनोटमा परेका खेलाडीहरूमध्ये इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजंग सिंह बस्नेत, जोसन मोक्तान, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सागरबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अन्शुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई, आकृष्ट महत, आशिष पाण्डे, दीप खत्री, कृष्ण गुरुङ, रोहन घिसिङ, हिमाल थिङ, रुविन जोहान गुरुङ, कृष्चल थापा, अभिषेककुमार पटेल र अनिल आईडी रहेका छन्।

त्यसैगरी, अन्य खेलाडीहरूमा दिपेश बोहरा, आइज्याक शाही, क्रेयश सापकोटा, कुसुम प्रसाईं, मन्दिप ढुंगेल, मौलिक थापा मगर, न्युसन खड्गी, निसान तामाङ, निभान बाडे, सविन थापा मगर, सचित गंगाल, सागर श्रेष्ठ, साहिल राई थापा, समिर तामाङ, सुजन स्याङ्तान, सुमन रोकाया, सुरज बसाइली, सुरज जाइगदी, स्वराज अधिकारी, तेन्जिङ शेर्पा, याहान लिम्बू र युवराज शाही समावेश छन्।

यी मध्येबाट अक्टोबर १७ देखि २६ सम्म चीनमा आयोजना हुने आईएसएफ फुटबल विश्वकपका लागि अन्तिम २० खेलाडीको छनोट गरिने छ। महासचिव कार्की, जो आईएसएफका कार्यकारी सदस्य पनि हुनुहुन्छ, ले उक्त जानकारी प्रदान गर्नुभयो।