पश्चिम बंगालको मुर्शिदाबादमा ट्रेन र स्कुल भ्यान ठोक्किँदा तीन जनाको मृत्यु
पश्चिम बंगालको मुर्शिदाबादमा प्यासेन्जर ट्रेन र स्कुल भ्यान ठोक्किँदा दुई जना स्कुले बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा भ्यानमा सवार दुई जना स्कुले बच्चा र एक जना साइकल चालक वृद्ध रहेका छन्। यो घटना बिहान करिब ६ बजेर ४१ मिनेटमा कटवा-अजिमगञ्ज सेक्सनको लेभल क्रसिङमा भएको थियो।
रोयल एकेडेमी स्कुल जान लागेका बालबालिका बोकेको टाटा सुमो स्कुल भ्यान र एउटा साइकललाई ट्रेन नम्बर ५३०५४ निमटीटा-कटवा प्यासेन्जरले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका तीन बालबालिका र भ्यान चालकलाई मुर्शिदाबाद मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको छ। अन्य घाइते बच्चाहरुको पनि अस्पतालमा उपचार भइरहेको छ।






