
समाचार सारांश समीक्षा गरिएको समाचार। स्टाइलिस देखिन महँगा ब्रान्डका कपडा वा ठूलो खर्चभन्दा सही फिटिङ र आत्मविश्वासका साथ प्रस्तुत हुनु धेरै महत्वपूर्ण हुन्छ। स्टाइलिस देखिनको लागि महँगो ब्रान्डका कपडा, डिजाइनर पहिरन वा ठूलो खर्च गर्नैपर्छ भन्ने छैन। फेसनको वास्तविक अर्थ मात्र महँगो कपडा लगाउनु होइन, आफूलाई उपयुक्त कपडा छनोट गरेर मिलाएर लगाउनु र आत्मविश्वासका साथ प्रस्तुत हुनु हो। धेरैपटक सामान्य मूल्यका कपडालाई पनि सही फिटिङ, रङको संयोजन, एक्सेसरिज र फुटवेयरको माध्यमबाट आकर्षक बनाउन सकिन्छ। सेलिब्रिटीहरूको स्टाइल हेर्दा उनीहरूले लगाएका कपडाभन्दा पनि फिटिङ, रङको सन्तुलन, एक्सेसरिज, हेयरस्टाइल र समग्र प्रस्तुति महत्वपूर्ण देखिन्छ। त्यसैले कम बजेटमै केही आधारभूत नियम अपनाएर आफ्नो लुकलाई आकर्षक बनाउन सकिन्छ।
सही फिटिङलाई पहिलो प्राथमिकता दिनुपर्छ। सर्वोत्तम स्टाइलका लागि कपडाको सही फिट बुझ्नु अत्यावश्यक छ। महँगो कपडा भए पनि शरीरसँग मेल खाँदैन भने आकर्षक देखिँदैन। त्यस्तै सामान्य मूल्यको कपडा भए पनि शरीरको बनावटअनुसार फिटिङ राम्रो भएमा राम्रो देखिन्छ। कपडा किन्दा धेरै ठूलो वा धेरै टाइट कपडा नभई आरामदायक फिट छनोट गर्नुपर्छ। काँध, छाती, कम्मर र पाइन्टको लम्बाइमा विशेष ध्यान दिनुपर्छ। आवश्यक परे टेलरसँग मिलाएर फिटिङ सुधार्न सकिन्छ जसले लुकमा सकारात्मक परिवर्तन ल्याउँछ। वार्डरोबमा आधारभूत कपडा राख्ने धेरै कपडा जम्मा गर्नुभन्दा एकअर्कासँग सजिलै मिल्ने आधारभूत कपडा भएको राम्ररी हुन्छ। सेतो वा हल्का रङको सर्ट, साधारण टी–सर्ट, नीलो जिन्स, कालो ट्राउजर, साधारण ज्याकेट वा ब्लेजरजस्ता कपडा विभिन्न अवसरमा प्रयोग गर्न सकिन्छ। यस्ता कपडालाई फरक–फरक तरिकाले संयोजन गरेर नयाँ लुक सिर्जना गर्न सकिन्छ। उदाहरणका लागि, सेतो सर्टलाई जिन्ससँग लगाउँदा क्याजुअल लुक आउँछ भने ट्राउजर र ब्लेजरसँग लगाउँदा औपचारिक लुक बनाउन सकिन्छ।
धेरै ट्रेन्डको पछाडि नलगिने फेसन ट्रेन्डहरू छिटो परिवर्तन हुन्छन्। आजको लोकप्रिय डिजाइन केही महिनामै पुरानो हुन सक्छ। त्यसैले सबै नयाँ ट्रेन्ड पछ्याउँदै कपडा किन्नेभन्दा आफू र आफ्नो शरीरलाई अनुकूल हुने स्टाइल रोज्नु बुद्धिमानी हुन्छ। आफूलाई सहज र दीगो लगाउन सकिने कपडामा लगानी गर्दा बजेट पनि बचत हुन्छ। रङको सही संयोजनमा ध्यान दिने रङले पनि व्यक्तित्वमा ठूलो प्रभाव पार्छ। धेरै चम्किला रङहरू एकैपटक प्रयोग गर्दा लुक असन्तुलित देखिन सक्छ। त्यसैले दुई वा तीनवटा रङको सन्तुलित संयोजन छनोट गर्नु उपयुक्त हुन्छ। सेतो, कालो, बेज, नेभी ब्लु, ब्राउन, ग्रे जस्ता न्यूट्रल रङहरू वार्डरोबमा राख्दा सजिलै विभिन्न कपडासँग मिलाउन सकिन्छ। उदाहरणका लागि सेतो टी–सर्टसँग निलो जिन्स र सेतो स्नीकर्स, वा कालो ट्राउजरसँग हल्का रङको सर्ट लगाउन सकिन्छ।






