Skip to main content

तेक्वान्दोका बब्लु शिवाकोटी २०२६ एसियन गेम्समा निर्णायकको रुपमा चयन

नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटीले जापानको आइची–नागोयामा आयोजना हुने २०औं एसियन गेम्समा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्। नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य शिवाकोटीले ग्यारोगी र पुम्से दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकको मान्यता प्राप्त गरिसकेका छन्। उनले यसअघि पनि मंगोलियाको २७औं एसियन तेक्वान्दो च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन्।

शिवाकोटीले सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म आयोजना हुने २०औं एसियन गेम्समा तेक्वान्दो खेलमा निर्णायकको भूमिका निर्वाह गर्ने नेपाल तेक्वान्दो संघले जनाएको छ। उनले दुई कार्यकाल संघका टेक्निकल डेलिगेट्स (टीडी) समेत भएर काम गरिसकेका छन्। सन् २०२३ को जनवरीमा दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय ग्यारोगी रेफ्री कोर्स उत्तीर्ण गरेपछि, उनले सन् २०२४ मा अन्तर्राष्ट्रिय पुम्से रेफ्री कोर्स पनि उत्तीर्ण गर्दै दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायक बनेका हुन्।

शिवाकोटीले सन् २०२६ मा अस्ट्रेलियाको गोल्डकोस्टमा सम्पन्न डब्लूटी प्रेसिडेन्ट्स कप (जी–३) ओपन तेक्वान्दो प्रतियोगिता र गत मेमा मंगोलियाको उलानबटारमा सम्पन्न २७औं एसियन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका थिए। उनले अस्ट्रेलिया, जापान, चीन, भियतनाम, मलेसिया, थाइल्यान्ड, श्रीलंका, बंगलादेश, भारत र मंगोलियामा सञ्चालन भएका विभिन्न अन्तर्राष्ट्रिय र एसियन तेक्वान्दो प्रतियोगिताहरुमा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्।