Skip to main content

स्पेसएक्सको रकेट देखेर क्रिस्मस टापुका बासिन्दा दङ्ग

समुद्रबाट निकालिएको स्पेसएक्सको रकेट देखेर मानिसहरू अचम्मित भएका छन्। गत जुलाई २४ मा परीक्षण उडानका लागि प्रक्षेपण गरिएको स्पेसएक्सको एउटा रकेटले हिन्द महासागरमा सुरक्षित अवतरण गरेको थियो। त्यसयता महासागरमा रहेका उक्त रकेटलाई पानीबाट निकालेर क्रिस्मस टापुमा ल्याइयो। उक्त विशाल यान हेरेर टापुका बासिन्दाहरू स्तब्ध भएका छन्। स्पेसएक्सका प्राविधिकहरूले उक्त रकेटलाई फिर्ता लैजान प्रयास गरिरहेका छन्।