
पहिलो डेटमा धेरै प्रश्न सोध्दै अन्तर्वार्ताजस्तो शैली अपनाउनु हुँदैन। पुराना सम्बन्ध, दुःखका कुरा वा आफ्नो आम्दानीको बर्णन गर्नुको सट्टा एकअर्कालाई बुझ्ने प्रयास गर्नुपर्छ। पहिलो डेट सधैं विशेष हुन्छ, जहाँ दुई व्यक्ति पहिलोपटक एकअर्कालाई नजिकबाट राम्रोसँग चिन्न खोजिरहेका हुन्छन्। यस्तो अवस्थामा अर्को व्यक्तिमाथि सकारात्मक प्रभाव पार्ने चाहना सबैको हुन्छ। तर राम्रो छाप छोड्ने प्रयासमा कहिलेकाहीँ त्यस्ता गल्तीहरू हुन्छन् जसले अर्को व्यक्तिलाई मन नपर्ने सक्छ। यसले सकारात्मक प्रभावको सट्टा नकारात्मक प्रभाव पार्न सक्छ र सम्बन्ध अगाडि बढ्न नसकी समाप्त हुन सक्छ। पहिलो डेट गर्दा केही महत्वपूर्ण कुरामा ध्यान दिन जरूरी हुन्छ।
१. धेरै प्रश्न नगर्नुहोस्: पहिलो डेटलाई जागिरको अन्तर्वार्ताजस्तै नबनाउनुहोस्। निरन्तर प्रश्न सोध्दा अर्को व्यक्तिलाई असहज महसुस हुन सक्छ। कुराकानी यस्तो हुनुपर्छ जहाँ दुवै पक्ष आफैं सहज रूपमा आफ्ना कुरा साझा गर्न सकून्।
२. पूर्ण रूपमा मौन नबस्नुहोस्: कहिलेकाहीं केही नबोली बस्नु ठीक हुँदैन। यसले भेटघाटलाई शुष्क बनाउँछ र अर्को व्यक्ति तपाईंलाई चिन्न सक्दैन। संवादमा सक्रिय सहभागी बन्नुहोस्, आफ्ना साना कुरा बाँड्नुहोस् र अर्को व्यक्तिको कुरा ध्यान दिएर सुन्नुहोस्।
३. पुराना डेटका विषयमा कुरा नगर्नुहोस्: पहिलेका डेटका बारेमा बारम्बार कुरा गर्नु उचित हुँदैन। यसले अर्को व्यक्तिलाई असहज बनाउँछ। आफ्ना पूर्व साथीहरूलाई समावेश नगर्नुहोस् र तुलना नगर्नुहोस् किनभने यसले नकारात्मक अनुभूति दिन्छ।
४. पुराना मानसिक दुःखहरूबाट बच्नुहोस्: पहिलो भेटमा पुराना प्रेमी/प्रेमिका, सम्बन्ध र जीवनका दुःखहरूबारे धेरै कुरा नगर्नु उचित हुन्छ। यी विषयहरू पछि विस्तारमा छलफल गर्न सकिन्छ। पहिले विश्वास र समझदारी निर्माण गरौं।
५. जागिर, आम्दानी र सफलताको अत्यधिक चर्चा नगर्नुहोस्: आफ्नो पेशा र करियरका बारेमा बताउन सकिन्छ, तर बारम्बार आम्दानी वा उपलब्धि बारे बर्णन नगर्नु राम्रो। यसले धाक जमाउन खोजेको झल्को दिन सक्छ। बरु अर्को व्यक्तिको कुरा ध्यान दिएर बुझ्न प्रयास गर्नुहोस्।
६. बिल तिर्ने विषयमा झगडा नगर्नुहोस्: भेटमा सँगै चिया, कफी वा भोजन लिन सकिन्छ, तर बिल कसले तिर्ने भन्नेमा विवाद गर्नु उपयुक्त हुँदैन। बिल तिर्न इच्छुकलाई सहज तरिकाले अनुमति दिनुहोस्।
७. कसैलाई गलत देखाउने प्रयास नगर्नुहोस्: दुवैलाई चिनेका साझा मानिस बारे खराब टिप्पणी नगर्नुहोस्। “आजकालका केटा/ केटीहरू ठीक छैनन्” जस्ता अभिव्यक्तिबाट बच्नुहोस्।
८. ओभरस्मार्ट वा अत्यन्त कूल हुन खोज्नुहोस् न: अर्कालाई प्रभाव पार्न दबाबमा आफ्नो स्वभाव परिवर्तन नगर्नुहोस्। आफैँलाई जस्तो छ त्यस्तै राख्नु राम्रो हुन्छ, धेरै फरक देखिन खोज्नु हुँदैन।
९. शारीरिक रूपमा धेरै नजिकिन खोज्नुहोस् न: पहिलो डेटमा अर्काको इच्छा र सीमालाई सम्मान गर्न जरूरी छ।
१०. पहिलो डेटमा सबै कुरा खोल्नु हुँदैन: आफ्नो जीवनकथा सबै कुरा पहिलो भेटमै खोल्नु जरूरी छैन। व्यक्तिगत कुरा क्रमशः सेयर गर्दा विश्वास बढ्छ। पहिलो डेटको उद्देश्य प्रभाव पार्नु मात्र नभएर अर्को व्यक्तिलाई बुझ्नु पनि हो।
त्यसैले कुराकानीलाई सरल राख्नुहोस्, अर्कोको कुरा ध्यान दिएर सुन्नुहोस् र आफू पनि केही खुल्नुहोस्।






