काठमाडौंको उत्तरी क्षेत्र कपनमा ग्राहक केन्द्रित ‘टाटा सर्भिस सेन्टर’को स्थापना

सिप्रदी ट्रेडिङले कपनस्थित टाटा सर्भिस सेन्टरमार्फत पेट्रोल, डिजेल र विद्युतीय गाडी (ईभी) का लागि बुकिङ, एएमसी, रोडसाइड सहायता र पिक-अप तथा ड्रप सेवा प्रदान गरिरहेको छ। टेक्निकल म्यानेजर दिग्विजय आचार्यका अनुसार, यस सर्भिस सेन्टरमा करिब ९८ प्रतिशत ग्राहक सन्तुष्ट रहेका छन् भने दैनिक ३० देखि ३५ युनिट गाडीको मर्मत सेवा भइरहेको छ। सिप्रदीले देशभर करिब ४० फास्ट चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ र ईभीको मर्मत खर्च पेट्रोल तथा डिजेल गाडीको तुलनामा आधाभन्दा कम छ। ७ भदौ, काठमाडौं। नेपालमा टाटा गाडीका आधिकारिक वितरक सिप्रदी ट्रेडिङले काठमाडौंको उत्तरी भाग कपनमा स्थापना गरेको ‘टाटा सर्भिस सेन्टर’ हाल उक्त क्षेत्रमा ग्राहकहरूको मुख्य आकर्षण केन्द्र बनेको छ। हरेकदिन टाटा डिजेल र पेट्रोल इञ्जिन गाडीहरूदेखि विद्युतीय गाडी सेवाका लागि आउने ग्राहकहरूको भीडले यो सर्भिस सेन्टर अत्यन्त व्यस्त रहन्छ। यहाँको कस्टमर लाउन्जमा आरामसँग बसेर आफ्ना गाडीको मर्मत गराइरहेका ग्राहकहरू पनि अत्यधिक सन्तुष्ट देखिन्छन्। आफ्नै नजिकबाट सेवा पाइरहेको महसुस भएपछि उनीहरू खुशीको अनुभूति गर्छन्।
सिप्रदी ट्रेडिङका टेक्निकल म्यानेजर ईभी दिग्विजय आचार्यले भने, ‘यो सर्भिस सेन्टर सञ्चालनमा आएको तीन वर्ष भइसकेको छ। काठमाडौंको उत्तरी भागमा रहेका हाम्रा ग्राहकहरूलाई गुणस्तरीय सेवा दिन पाउँदा हामी उत्साहित छौँ।’ उनले बताए अनुसार यहाँ बुकिङ लगायत सेवा लिनका लागि टोल फ्रि नम्बर उपलब्ध छ। साथै गाडी चलाउन सक्ने अवस्थामा पनि बीएस-४ र बीएस-६ पेट्रोल/डिजेल गाडीहरूका लागि एएमसी सुविधा उपलब्ध छ।
‘कहिलेकाहीं गाडीको समस्या आउन सक्छ, त्यसैले चौबिसै घण्टे रोडसाइड सहायता पनि उपलब्ध छ,’ उनले बताए, ‘यसले अप्रत्याशित अवस्थामा ग्राहकलाई सहयोग पुर्याउनेछ।’ काठमाडौं उपत्यकाका ग्राहकहरूको लागि पिक-अप र ड्रप सेवा पनि उपलब्ध छ जहाँ ग्राहकको ठेगानाबाटै गाडी लिएर सेवा दिइन्छ र फिर्ता गरिन्छ। उनले थपे कि गाडी दुर्घटनामा परेका ग्राहकहरूको झन्झट कम गर्न इन्स्योरेन्स कम्पनीहरूसँग सहकार्य गरी क्यासलेस इन्स्योरेन्स सुविधा पनि उपलब्ध गराइएको छ।
‘ग्राहकका गुनासो र सुझावलाई हामी गम्भीरतापूर्वक लिन्छौं। हाम्रो प्राथमिकता भनेको समस्या पहिचान गरी त्यसको मुल कारणसम्म पुग्नु हो,’ उनले भने, ‘समस्या देखिएमा छिटो समाधान गर्ने लक्ष्य राखिएको छ।’ उनले थपे कि गम्भीर समस्या ३० मिनेटभित्र समाधान गर्ने र सबै गुनासो २४ घण्टाभित्र सम्बोधन गर्ने हाम्रो उद्देश्य हो। ‘सबै गाडी सर्भिस पछि ७२ घण्टाभित्र ग्राहकलाई पोस्ट सर्भिस फिडब्याक (पीएसएफ) दिन लगाइन्छ जसबाट उनीहरूले सेवा सम्बन्धी प्रतिक्रिया दिन सक्छन्। हप्तामा एक पटक समीक्षा गरी सातत्यपूर्ण सुधार गरिन्छ।’
आचार्यका अनुसार सिप्रदीले ग्राहक सन्तुष्टि मापनका लागि सर्वेक्षण गर्दै आएको छ र नतिजामा करिब ९८ प्रतिशत ग्राहक सन्तुष्ट देखिएका छन्। ‘गाडी मर्मत, ह्विल एलाइनमेन्ट, टायर ब्यालेन्सिङ, बडी रिपेयर लगायतका सेवा एउटै छानामुनि उपलब्ध छन्,’ उनले जानकारी दिए। सेन्टरमा सौर्य ऊर्जाबाट चल्ने चार्जर राखिएको छ जसले ‘ग्रीनिङ द ग्रिन’ सन्देश दिन्छ। यहाँ एकै पटक १२ युनिट गाडी सेवा गर्न सकिन्छ र १४-१५ जना प्राविधिकहरू कार्यरत छन्। दैनिक ३० देखि ३५ युनिट गाडीहरूको मर्मत र सेवा भइरहेको छ। विद्युतीय गाडी ईभीको मर्मत खर्च पेट्रोल गाडीको तुलनामा आधाभन्दा कम छ, टेक्निकल म्यानेजर दिग्विजय आचार्यले उल्लेख गरे।
ईभीको अपरेसन र मर्मत दुई दुवै पक्षमा पेट्रोल र डिजेल गाडीभन्दा खर्च कम पर्दछ। चार्जिङ खर्च मुख्य खर्च हो जुन प्रायः घरमै गर्न सकिन्छ। मोडेल अनुसार ३०० देखि ५०० किलोमिटर दूरीमा चार्जिङ आवश्यकता पर्छ जुन हप्ता एक वा दुई पटक हुन सक्छ। ईभीका लागि दुई किसिमको मर्मत तालिका बनाइएको छ जसमा ५ हजार किलोमिटर वा ६ महिनासम्मका लागि र अर्को ७,५०० किलोमिटर वा ६ महिनाको अन्तरालमा सेवा गरिन्छ। सिप्रदीले हाल करिब ४० वटा फास्ट चार्जिङ स्टेशन सञ्चालनमा ल्याइसकेको छ जसमा २८ वटा अनलाइन र १२ वटा अफलाइन चार्जर छन्। जम्मा १५० वरिपरि चार्जिङ स्टेशनहरू सञ्चालनमा छन्। काठमाडौं उपत्यकामा अनलाइन ४ र अफलाइन १० चार्जर उपलब्ध छन्, बाँकी चार्जरहरू काठमाडौं बाहिर रहेका छन्।
‘हामीले विभिन्न स्थानमा एसी फास्ट चार्जर राखेका छौँ जसले ग्राहकलाई छिटो चार्ज गर्न सहयोग पुर्याउँछ,’ आचार्यले बताए। बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिमा चुनौतीहरूलाई उनले सामान्य समस्या ठहरेको बताए। टाटा मोटर्सका उत्पादन ल्याउँदा सेवा सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। गुणस्तरीय सेवा दिन सक्षम र तालिमप्राप्त जनशक्ति हुनु ठूलो चुनौती भएको उनले प्रष्ट पारे। ‘बजारमा दक्ष जनशक्ति पाउन र तिनीहरूलाई कम्पनीमा कायम राख्न कठिन छ, त्यसैले हामी सतत् दक्ष जनशक्ति उत्पादन र तालिम कार्यक्रम सञ्चालन गर्दै आएका छौँ।’






