विद्युतीय एसयूभी जेइकु जे ५ प्रो सीमित अवधिका लागि ४७.९९ लाख रुपैयाँमा उपलब्ध

एसपीजी अटोमोबाइल्सले जेइकु जे ५ प्रोका लागि ४७ लाख ९९ हजार रुपैयाँ पर्ने सीमित अवधिको विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो योजना पहिलो १०० ग्राहक र नाइमा मोबिलिटी एक्स्पो २०२६ मा बुकिङ गरेका ग्राहकहरूसँग मात्र लागू हुनेछ। जेइकु जे ५ प्रोमा १५५ किलोवाट मोटर, ५०.७ किलोवाट आवर ब्याट्री, १९ भन्दा बढी सुरक्षा विशेषता र ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर वारेन्टी उपलब्ध छ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ मा प्राप्त उत्साहजनक प्रतिक्रिया र ग्राहक मागलाई मध्यनजर गर्दै नेपालमा ओमोडा र जेइकु सवारीसाधनका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले जेइकु जे ५ प्रोका लागि विशेष योजना सार्वजनिक गरेको हो। सीमित अवधिका लागि लागु हुने यस योजनाअन्तर्गत जेइकु जे ५ प्रो अहिले ४७ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सकिन्छ, कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो विशेष योजना पहिलो १०० ग्राहकहरूसँग सीमित छ।
जेइकु जे ५ प्रो प्रिमियम विद्युतीय एसयूभी सेग्मेन्टमा शक्तिशाली प्रदर्शन, आधुनिक प्रविधि र व्यावहारिक विशेषतासहित उपलब्ध रहेको कम्पनीको दाबी छ। १५५ किलोवाट क्षमता भएको इलेक्ट्रिक मोटरले २८८ एनएम टर्क उत्पादन गर्छ। १८५ मिलिमिटर ग्राउन्ड क्लियरन्स र फुल साइज स्पेयर टायरले नेपाली सडकका लागि यो गाडीलाई थप व्यावहारिक बनाएको कम्पनीको भनाइ छ।
गाडीमा ५०.७ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ। यसमा १९ भन्दा बढी एड्भान्स्ड ड्राइभर सहायता प्रणाली (एडीएएस) र सुरक्षा फिचर, प्यानोरामिक मुनरुफ र ४८० लिटरको बुटस्पेस उपलब्ध छन्। कम्पनीले जनाएको छ कि जेइकु जे ५ थाइल्यान्ड र इन्डोनेसियामा नम्बर १ सर्वाधिक बिक्री हुने विद्युतीय एसयूभीका रूपमा स्थापित भइसकेको छ। यसको प्रदर्शन, प्रविधि, व्यावहारिकता र मूल्य संयोजनका कारण अन्तर्राष्ट्रिय बजारमा यसको लोकप्रियता बढेको छ।






