
महेंद्र रत्न क्याम्पसकी वियंका राईले १३औं पूर्णमान वज्राचार्य खुला टेबलटेनिस प्रतियोगितामा कलेज महिला सिंगल्समा स्वर्ण पदक जितिन्। फाइनलमा वियंकाले आफ्नै क्याम्पसकी आस्मा पहरीलाई हराउँदै उपाधि हात पारिन्। एसियनकी अर्पिता महर्जन र जेभियरकी यानु श्रीष संयुक्त तेस्रो स्थानमा रहे।
यू–१४ ब्वाइज सिंगल्समा डीएभीका रिभानमुनि वज्राचार्य विजेता भए भने एभीएमका स्वर्णिम शाक्य उपविजेता बने। प्रोक्सिमाका नयन ललुवा र प्रिमियरका विशाल बस्नेत तेस्रो स्थानमा रहे। यू–१४ गर्ल्समा एभीएमकी श्रृया शाक्यले स्वर्ण पदक जीतिन्, तयाबुङकी राईले रजत र आरम्भ संस्कारकी प्राज्ञा महर्जन तथा यमिला श्रेष्ठले कांस्य पदक हात पारे।
यू–१६ ब्वाइज सिंगल्समा भासराका रिजन शाक्य पहिलो, एभरेष्टका आर्यन शाही दोस्रो तथा आरम्भका निश्चल थापा र प्राइमका सुगम पौडेल तेस्रो भए। ५० वर्षमाथिका भद्र पुरुष सिंगल्समा खोल्चा पुखुका नदिमरत्न शाक्यले स्वर्ण पदक जिते, आईटीटीएका राजेश भट्टराई रजत पदकमा सिमित भए।
टिम इभेन्टतर्फ कलेज महिलामा महेन्द्र रत्न क्याम्पस च्याम्पियन बन्यो। एभीएम दोस्रो तथा प्रिमियर र विश्व आदर्श संयुक्त तेस्रो स्थानमा रहे। स्कुल ब्वाइज टिममा आरम्भ पहिलो, प्राइम दोस्रो तथा एभीएम र सृष्टि एकेडेमी तेस्रो स्थानमा रहे। स्कुल गर्ल्स टिममा एभीएमले उपाधि जित्दा आरम्भ उपविजेता र ह्वाइटफिल्ड र सिर्जना ज्ञान सागर तेस्रो स्थानमा सफल भए।






