रेडबुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ सहयोग गर्यो

रसुवामा आएको बाढीबाट प्रभावित नागरिकहरूको तत्काल राहत र पुनर्स्थापनाका लागि रेडबुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ सहयोग गरेको छ। सरस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरे। कम्पनीले बाढीका कारण भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति सहानुभूति जनाएको छ। ११ भदौ, काठमाडौं। रसुवा बाढीबाट प्रभावित नागरिकहरूको तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रेडबुलले २ करोड रुपैयाँ सहयोग गरेको हो। रेडबुलले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड सहयोग हस्तान्तरण गरेको हो। रेडबुलका उत्पादक कम्पनी सरस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरे। बाढीका कारण भएका मानवीय तथा भौतिक क्षतिप्रति कम्पनीले दुःख व्यक्त गरेको छ। साथै, प्रभावित परिवारप्रति सहानुभूति पनि प्रकट गरेको छ।






