Skip to main content

नेपाल भलिबल लिगको विजेतालाई २० लाख रुपैयाँको नगद पुरस्कार

नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएका छन्। आयोजकका अनुसार, यो पुरस्कार राशिले नेपाली घरेलु भलिबल इतिहासमा नयाँ कीर्तिमान स्थापना गरेको छ। एनभीएलले पहिलो संस्करणमै विजेता टोलीलाई २० लाख रुपैयाँ पुरस्कार घोषणा गर्दै घरेलु भलिबलमा नयाँ उचाइ प्राप्त गरेको बताएका छन्।

एनभीएल शुक्रबार (१९ भदौ) बाट सुरु हुँदैछ र यसमा ६ टोलीहरु प्रतिस्पर्धा गर्नेछन्। आयोजकले यो पुरस्कार राशिलाई नेपाली घरेलु भलिबल इतिहासकै सबैभन्दा ठूलो भएको बताएका छन्।