Skip to main content

पिकलबल विश्वकपमा दावाले जिते कास्य पदक

भियतनामको दा नाङमा जारी तेस्रो पिकलबल विश्वकपमा नेपालले कास्य पदक हात पारेको छ। नेपाली खेलाडी दावा शेर्पाले पुरुष एकलतर्फ ब्राजिलका खेलाडीलाई २१–१२ र २१–१२ को समान स्कोरले पराजित गर्दै कास्य पदक सुनिश्चित गरेका छन्। नेपाल पिकलबल संघका अध्यक्ष सौरभ भण्डारीका अनुसार, विश्वकपमा नेपालसहित ६४ देशका खेलाडी सहभागी छन्।

नेपालले पहिलोपटक विश्वकपमा सहभागी भएर कास्य पदक जित्नु नेपाली पिकलबलको अन्तर्राष्ट्रिय यात्रामा एक महत्वपूर्ण उपलब्धि भएको अध्यक्ष भण्डारीले बताए। तेस्रो स्थानका लागि भएको खेलमा दावाले ब्राजिलका खेलाडीलाई सोझो सेटमा पराजित गर्दै कास्य पदक प्राप्त गरेका छन्।