
मिनियापोलिसको एक अपार्टमेन्ट भवनमा बुधबार गोलीबारी हुँदा दुई जनाको मृत्यु भएको छ भने गोली चलाउने संदिग्ध पनि मारिएका छन्। घटनामा दुई प्रहरी अधिकारीसहित पाँच जना घाइते भएका छन्, जसमध्ये तीन प्रहरीको अवस्था स्थिर छ। प्रहरीले घटनास्थलमा पुगेपछि माथिल्लो तलाबाट थप गोली चलेको र बाक्लो धुवाँका कारण उद्धारमा कठिनाइ भएको जनाएको छ। १८ भदौ, मिनियापोलिस (रासस/एपी) ।
अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित एक अपार्टमेन्ट भवनमा बुधबार गोलीबारी हुँदा दुई जनाको मृत्यु भएको छ भने गोली चलाउने संदिग्ध पनि मारिएका छन्। घटनामा दुई प्रहरी अधिकारीसहित पाँच जना घाइते भएका छन्। अपराह्न ४:३० बजेपछि गोली चलेको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो। माथिल्लो तलामा थप गोली चलेपछि पुगेका प्रहरीलाई बाक्लो धुवाँका कारण कठिनाइ भएको अन्तरिम प्रहरी प्रमुख बिल पिटरसनले बताएका छन्।
घाइते तीन प्रहरी अधिकारीको अवस्था स्थिर रहेको छ। मृतकमध्ये एक जनाको घटनास्थलमै र अर्काको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। संदिग्धको पहिचान र मृत्युको कारण तत्काल खुलाइएको छैन। प्रत्यक्षदर्शीहरूले गोली चलाउने व्यक्ति अपार्टमेन्टकै बासिन्दा हुन सक्ने र यसअघि पनि हतियार प्रदर्शन गर्ने गरेको बताएका छन्। प्रहरीले घटनापछिका बेला लोरिङ पार्क क्षेत्रका बासिन्दालाई घटनास्थलबाट टाढा रहन आग्रह गरेको थियो। मिनेसोटाका गभर्नर टिम वाल्जले स्थानीय प्रहरीलाई राज्यका अधिकारीहरूले सहयोग गरिरहेको बताएका छन्। एफबिआई पनि अनुसन्धानमा संलग्न भएको छ।






