Skip to main content

उत्तर कोरिया र रुसलाई जोड्ने पहिलो ‘सडकपुल’ सञ्चालनमा आएको छ

उत्तर कोरिया र रुसलाई जोड्ने पहिलो ‘सडकपुल’ सञ्चालनमा आएको छ। यी दुई देशबीचको सिमानामा पर्ने टूमन नदीमाथि निर्मित यो पुलले यात्रु र मालसामानको ढुवानीलाई सहज बनाउनेछ। प्योङयाङको सरकारी सञ्चारमाध्यमले जनाएको छ कि यस पुलले पर्यटन र व्यापारमा तेव्र वृद्धि गर्न सहयोग पुर्‍याउनेछ। यद्यपि, केहीले यस पुललाई रुसका लागि गोप्य सैन्य सामग्रीको ढुवानी मार्ग बन्न सक्ने आशंका व्यक्त गरेका छन्।