Skip to main content

युरोपेली अधिकारीहरूको यात्रा मार्गमै युक्रेनी रेलमा रूसी ड्रोन आक्रमण

ब्रिटिश पूर्वप्रधानमन्त्री बोरिस जोन्सन र युरोपका शीर्ष सुरक्षा अधिकारीहरूले यात्रा गरेको केहि बेरमै युक्रेन-पोल्याण्ड सीमामा रहेको युक्रेनी रेलमा रूसी ड्रोनले आक्रमण गरेको छ। रूसी ड्रोन रेलका इन्जिनमा ठोक्किएको भए तापनि अहिलेसम्म कुनै हताहतको जानकारी प्राप्त भएको छैन। ड्रोन खस्नुअघि नै रेलमा रहेका सबै यात्रुहरूलाई सुरक्षित रूपमा निकालिएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।

किएभमा आयोजना गरिएको एक सम्मेलनबाट फर्किने क्रममा जोन्सन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेल मार्ग प्रयोग गरेका थिए। उनीहरू अर्कै रेलमा सवार रहेका थिए।