
जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलको क्लासिफिकेसन म्याचमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको छ। ओकाजाकी चुओ सोगो पार्क जिम्नेसियममा भएको खेलमा नेपालले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१६, र तेस्रो सेट २५–२० को स्कोरले जित हासिल गरेको छ।
यस जितसँगै नेपाल अब ९ देखि १२औं स्थानका लागि हङकङसँग प्रतिस्पर्धा गर्नेछ। तर, समूह चरणका दुवै खेलमा पराजित भएका कारण नेपाल पदक दौडबाट बाहिरिएको छ।
४ असोज, काठमाडौं।






