
बंगलादेशका २१ वर्षे युवा ब्याटर अरिफुल इस्लाम नेपाल प्रिमियर लिगको तेस्रो संस्करण खेल्न नेपाल आउने भएका छन्। अरिफुल कुन फ्रेन्चाइजबाट खेल्ने भन्ने औपचारिक घोषणा हुन बाँकी छ, तर सामाजिक सञ्जालमा उनी कर्णाली याक्सबाट खेल्ने चर्चा चलिरहेको छ।
एनपीएलका लागि बंगलादेशबाट शाकिब अल हसन पोखरा एभेन्जर्समा अनुबन्ध भइसकेका छन्, साथै डेभिड वार्नर, चरिथ असलंका र सिकन्दर राजा पनि नेपाल आउन पक्का भइसकेका छन्। बंगलादेशी समाचार संस्था टी–स्पोर्ट्सका अनुसार २१ वर्षीय अरिफुलले एनपीएलमा खेल्ने पक्का भएको छ। यद्यपि उनी कुन फ्रेन्चाइजबाट खेल्ने भन्ने आधिकारिक घोषणा अझै हुन बाँकी छ।
सामाजिक सञ्जालमा भने उनको सम्बन्ध कर्णाली याक्ससँग जोडिएको चर्चा व्यापक छ। कर्णालीले यसअघि बंगलादेशका यू–१९ विश्वकप विजेता कप्तान अकबर अलीलाई पनि अनुबन्ध गरिसकेको छ। दायाँहाते ब्याटर अरिफुलले अहिलेसम्म बंगलादेशको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका छैनन्। उनले टी–२० क्रिकेटमा १७ खेल खेल्दै ४२७ रन बनाइसकेका छन्। एनपीएलको तेस्रो संस्करणका लागि बंगलादेशबाट शाकिब अल हसन पोखरा एभेन्जर्समा अनुबन्ध भइसकेका छन्। अस्ट्रेलियाका डेभिड वार्नर, श्रीलंकाका चरिथ असलंका, जिम्बाबेका सिकन्दर राजा लगायत अन्तर्राष्ट्रिय स्टार खेलाडीहरू पनि नेपाल आउन पक्का भइसकेका छन्।






