Skip to main content

नविता पहिलो चरणबाट बाहिरिइन्

२०औं एसियाली खेलकुद अन्तर्गत टेबलटेनिस महिला सिंगल्समा नेपालकी नविता श्रेष्ठ पहिलो चरणमै चाइनिज ताइपेइकी चेन सु–युसँग ४–१ ले पराजित भइन्। नविताले पहिलो गेम ११–९ ले जिते पनि चेनले लगातार चार गेम ११–४, ११–४, ११–० र ११–३ ले जितिन्। ७ असोज, काठमाडौं।
महिला सिंगल्समै नेपालकी इभाना थापा पनि पहिलो चरणबाटै बाहिरिएकी छन्। अब महिला डबल्समा इभाना र नविताको जोडीले प्रतिस्पर्धा गर्नेछ।