
२०औं एसियाली खेलकुदमा टेबलटेनिस महिला डबल्समा नेपालकी इभाना थापा र नविता श्रेष्ठको जोडी दोस्रो चरणबाट वाकओभरका कारण बाहिरिएको छ। बिहीबार स्काइ हल टोयोटामा लाग्ने खेलमा नेपाली जोडी कोर्टमा उपस्थित नहुँदा, सिंगापुरकी टान झाओ युन र क्लोई लाईलाई विरुद्ध सिंगापुरले वाकओभरमार्फत अर्को चरणमा स्थान बनाएको छ।
इभाना र नविता महिला सिंगल्समा पनि पहिलो चरणमै बाहिरिइसकेकी थिइन्। मिश्रित डबल्समा इभाना र रुबिन महर्जनको जोडी पहिलो चरणबाट बाहिरिएको थियो भने नविता र संयोग कपालीको जोडी दोस्रो चरणसम्म पुगेर प्रतियोगिताबाट बाहिरिएको थियो। अब नेपालका लागि टेबलटेनिसमा पुरुष सिंगल्स र पुरुष डबल्सका स्पर्धा मात्र बाँकी रहेका छन्।






