
जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष ५० मिटर बटरफ्लाईमा नेपालका अभिभ प्रधान हिट चरणबाटै बाहिरिएका छन्। हिट–२ मा प्रतिस्पर्धा गरेका अभिभ आफ्नो हिटमा चौथो र समग्रमा ३१औं स्थानमा रहे। यस स्पर्धामा शीर्ष ८ खेलाडी मात्र फाइनलमा पुग्ने प्रावधान थियो। ८ असोज, काठमाडौं। जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष ५० मिटर बटरफ्लाई पौडीमा नेपालका अभिभ प्रधानले राष्ट्रिय कीर्तिमान बनाएपनि हिट चरणबाटै बाहिरिएका छन्। हिट–२ मा प्रतिस्पर्धा गरेका अभिभले २६.०५ सेकेन्डमा दौड पूरा गर्दै चौथो स्थान हासिल गरे। उनले यसअघि आफ्नै नाममा रहेको २६.४० सेकेन्डको कीर्तिमान तोडेका हुन्। समग्र नतिजामा उनी ३१औं स्थानमा रहेर बाहिरिएका छन्। हिट चरणबाट बाहिरिए पनि राष्ट्रिय कीर्तिमान बनाउन सफल हुनु राम्रो उपलब्धि भएको प्रशिक्षक रत्न महर्जनले बताएका छन्। यस स्पर्धामा शीर्ष ८ खेलाडीले मात्र फाइनलमा स्थान बनाउने प्रावधान रहेकाले अभिभ हिट चरणबाटै बाहिरिएका हुन्।






