ब्याडमिन्टन मिक्स डबल्समा प्रफुल–रशिला र क्षितिज–रिहाना पहिलो चरणबाट बाहिरिए

जापानमा चलिरहेको २०औं एसियाली खेलकुदको ब्याडमिन्टन मिक्स्ड डबल्समा नेपालका दुवै जोडी पहिलो चरणमै बाहिरिएका छन्। प्रफुल महर्जन र रशिला महर्जनको जोडी चाइनिज ताइपेइका ये होङ–वेई र चान निकोल गोन्जालेससँग २–० को सोझो सेटमा पराजित भयो। नेपाली जोडीले पहिलो सेट १४–२१ र दोस्रो सेट ९–२१ ले हार व्यहोरेको थियो।
त्यस्तै, क्षितिज खनाल र रिहाना शेर्चनको जोडी दक्षिण कोरियाका जेओङ नाएउन र जो सोङ ह्युनसँग २–० ले पराजित भयो। दक्षिण कोरियाली जोडीले खेल २१–५ र २१–६ ले आफ्नो पक्षमा पार्दै अर्को चरणमा स्थान बनाएका छन्। यससँगै ब्याडमिन्टनको मिक्स्ड डबल्समा नेपालका दुवै जोडी पहिलो चरणमै बाहिरिएका छन्।






