Skip to main content

पाकिस्तानको बलुचिस्तानमा निर्माण कम्पनीको शिविरमा हतियारधारी समूहद्वारा आक्रमण

१०, असोज, काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको डुकी जिल्लामा एक हतियारधारी समूहले निर्माण कम्पनीको क्याम्पमा आक्रमण गरेको छ। यस आक्रमणमा एक निजी सुरक्षा गार्डको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आक्रमणकारीहरूले १२ जना मजदुरलाई अपहरण गरेको बीबीसीले जनाएको छ। डुकी पुलिस प्रमुख मन्सुर अहमद बुजदारका अनुसार ३० भन्दा बढी हतियारधारीहरूले सडक निर्माण कम्पनीको साइटलाई निशाना बनाएका छन्।

प्रहरीका अनुसार, आक्रमणको समयमा कम्पनीका चारवटा सवारी साधनमा आगो लगाइएको छ। डुकी जिल्ला बलुचिस्तानको राजधानी क्वेटाबाट लगभग ३१५ किलोमिटर टाढा पर्दछ र उक्त क्षेत्रमा लामो समयदेखि छिटपुट हिंसात्मक घटनाहरू भइरहेका छन्।