Skip to main content

ट्रम्प र मोदीबीच टेलिफोन वार्ता, के कुराकानीमा छलफल भयो?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको टेलिफोन वार्तालाई सकारात्मक रूपमा वर्णन गरेका छन्। मोदीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भारत र अमेरिकाबीच व्यापार, रक्षा, ऊर्जा, महत्वपूर्ण प्रविधि र अन्य क्षेत्रहरुमा भइरहेको द्विपक्षीय सहकार्यको समीक्षा गरिएको बताएका छन्।

मोदीले दुवै देशले आफ्ना विस्तृत वैश्विक रणनीतिक साझेदारीलाई अझ अघि बढाउन निरन्तर नजिकको सम्पर्कमा रहने सहमति व्यक्त गरेको उल्लेख गरेका छन्। वार्ताको क्रममा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरुमा पनि छलफल भएको उनले बताए। दुवै नेताले विश्व शान्ति र सुरक्षा प्रवर्द्धनका लागि भइरहेको प्रयासबारे पनि चर्चा गरेका छन्।