Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

जन्तर-मन्तरमा महिला पत्रकार र प्रदर्शनकारीमाथि प्रहरीको यौन दुर्व्यवहारको आरोप

Advertisement800×200-1

१८ असोज, काठमाडौं। दिल्लीको जन्तर-मन्तरमा शनिबार केन्द्रीय निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको प्रदर्शनको क्रममा दुई महिला पत्रकार र एक महिला प्रदर्शनकारीले प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप लगाएका छन्। एक महिला पत्रकारका अनुसार, आइसाकी अध्यक्ष नेहा बोरालाई नियन्त्रणमा लिँदै गर्दा एसीपी विवेक भगतले उनको छातीमा हात राखेर धकेलेका थिए। त्यस्तै, एक वरिष्ठ महिला पत्रकार र एक प्रदर्शनकारी युवतीले दिल्ली प्रहरीले यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन्। दिल्ली प्रहरीले ‘एक्स’ मार्फत जारी गरेको वक्तव्यमा यस घटनाको अनुसन्धान दिल्ली प्रहरी अपराध शाखालाई सुम्पिएको जनाएको छ। प्रहरीले एक्समा उल्लेख गरेको छ, ‘तीन अक्टोबर २०२६ मा नयाँ दिल्ली क्षेत्रमा विरोध-प्रदर्शनकै क्रममा शान्ति र सुरक्षा कायम राख्ने क्रममा तीन महिला पत्रकारले प्रहरी अधिकारीमाथि यौन उत्पीडनको उजुरी दिएका छन्।’ ‘नयाँ दिल्ली जिल्लाले उनीहरूको उजुरी प्राप्त गरेको छ र निष्पक्ष अनुसन्धानका लागि यसलाई अपराध शाखामा पठाइएको छ,’ प्रहरीले थप जानकारी दिएको छ।

ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकले सोसल मिडियामा एउटा भिडियो सेयर गरेका छन्, जसमा एक महिला पत्रकार आफ्नो अनुभव सुनाइरहेकी छन्। भिडियोमा महिला पत्रकारले करिब साढे तीन घण्टा पर्खिए पनि एफआईआर दर्ता हुन नसकेको गुनासो गरेकी छन्। उनीहरू उजुरी दर्ता गराउन दिल्लीको पार्लियामेन्ट स्ट्रिट प्रहरी थानामा पुगेका थिए। एक महिला पत्रकारले आफूलाई समर्थनमा धेरै पत्रकार र सामाजिक कार्यकर्ताहरू थानाभित्र र बाहिर बसे पनि प्रहरीबाट अहिलेसम्म कुनै कारबाही नभएको बताएका छन्। यस घटनामा सीजेपीले पत्रकारहरूलाई आइतबार बिहान ११ बजे पार्लियामेन्ट स्ट्रिट प्रहरी थानामा उपस्थित हुन आह्वान गरेको छ।

यौन दुर्व्यवहारको आरोप लगाउने महिला पत्रकार र प्रदर्शनकारीले के भने? एक वरिष्ठ महिला पत्रकारले बताइन् कि जब योगेन्द्र यादव र प्रशान्त भूषणलाई हिरासतमा लिइँदै थियो, त्यही बेला उनले तिनीहरूको प्रतिक्रिया लिने प्रयास गरिरहेकी थिईन्, र त्यतिखेर कसैले उनको ढाड छोएको महसुस भयो। पछि उनले पाए कि कसैले उनको शरीरको पछिल्लो भाग गुप्ताङ्गले छोएको छ। जब उनले पछाडि फर्किइन्, एक प्रहरी जवान नजिकै उभिएको थियो। उनी आफ्नो उजुरीमा यस घटनाको भिडियो रहेको पनि उल्लेख गरेकी छन्। अभिजित दीपकले सोसल मिडियामा सेयर गरेको भिडियोमा उक्त महिला पत्रकारले नेहा बोरालाई हिरासतमा लिइरहँदा आफूले भिडियो बनाइरहेको अवस्था देखाइएको छ। उनले लेखेकी छन्, ‘उनलाई हिरासतमा लिन पुरुष अधिकारीहरू थिए, महिला प्रहरीले साथ दिइरहेका थिएनन्।’


Advertisementadv-800×200.png

सम्बन्धित खबर