Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

दशौं राष्ट्रिय खेलकुद उत्सव आजबाट सुरु हुँदै : खेलकुद मन्त्री पोखरेल

Advertisement800×200-1

१८ असोज, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता निश्चित रूपमा सञ्चालन हुनेमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वास व्यक्त गरेका छन् । दशौं राष्ट्रिय खेलकुदको मुख्य आयोजन समिति आइतबार सुर्खेतमा बसेको बैठकमा मन्त्री पोखरेलले उक्त प्रतियोगिता उत्सव आजैबाट सुरु भईसकेको जानकारी दिएका हुन् । ‘अहिले पनि केही शंका छ कि दशौं राष्ट्रिय खेलकुद आयोजना हुने या नहुने भन्ने विषयमा । पटकपटक मिति सरेका कारण शंका हुनु स्वाभाविक हो’ उनले भने, ‘तर दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भइसकेको छ, प्रतियोगिता भने मंसिर १६ गतेबाट सुरु हुने छ । त्यसैले प्रतियोगिता हुने या नहुनेमा कसैले पनि कुनै द्विविधा नलिनुहोला ।’ मन्त्री पोखरेलले विगतका राष्ट्रिय खेलकुदको तुलनामा यस पटकको प्रतियोगिता अझ प्रभावकारी र व्यवस्थित हुने आशा व्यक्त गरे । ‘९ वटा राष्ट्रिय खेलकुद सम्पन्न भएका छन् । यस पटक भिन्न र प्रभावकारी तरिकाले कसरी सञ्चालन गर्ने भन्ने विषयमा सम्पूर्ण सरोकारवाला, विभिन्न तहका सरकारहरू सबै मिलेर काम गर्नुपर्ने अवस्था छ’ उनले बताए ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर