बाढीमा घरबार गुमाएका व्यक्तिहरूले मासिक राहत पाउन के गर्नुपर्छ? गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई सरकारले मासिक राहत रकम उपलब्ध गराउन थालेको छ। यो राहत रकम बैंक खातामार्फत प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ। तर यसका लागि निश्चित प्रक्रिया अपनाउनु आवश्यक छ।
त्यो प्रक्रिया के हो? यस विषयमा ‘बीबीसी हातेमालो’ का लागि मनिका विश्वकर्माले बाढी प्रभावित नुवाकोट जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंसँग अन्तरवार्ता गरिन्।