तिहार नजिकिएसँगै बजारमा तिहारका लागि आवश्यक सामान किन्नेहरूको घुइँचो देखिन्छ। लक्ष्मीपूजा गर्न आवश्यक पर्ने भाँडाकुँडा, मिठाइ वा सजावटका सामान हुन् वा भाइटिकामा आवश्यक पर्ने मिठाइ र भाइ मसला सबैको मूल्य गत वर्षभन्दा निकै धेरै बढेको व्यापारीहरू बताउँछन्। यसरी बजार भाउ धेरै बढ्नुको कारण गत भदौमा आएको भोटेकोसी-त्रिशूलीको बाढीलगायत अमेरिका-इरान युद्ध पनि भएको व्यापारीहरूले बताएका हुन्।
गत वर्षभन्दा कतिपय सामानमा अचाक्ली मूल्य वृद्धि भएको उनीहरूले बताएका हुन्। “पोहोर ५०० रुपैयाँ पर्ने मूर्ति यो पालि ८५० रुपैयाँ पर्छ,” एकजना व्यापारी मनोज बानियाले बताए। गत वर्षजस्तो आफूले बिक्री गर्ने सामानहरू राम्ररी समयमा बजारसम्म नआई पुगेको अर्की व्यापारी सुवर्ण श्रेष्ठले बताइन्।