Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

भोटेकोशी बाढी: २४ सयभन्दा बढीलाई मृतक घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

Advertisement800×200-1

सरकारले भोटेकोशी बाढीपछि बेपत्ता भएका २,४६५ व्यक्तिको विवरण विभिन्न स्थानहरूबाट यकिन भएको भन्दै त्यसमा संशोधन र थपघट गर्नुपर्ने भए प्रक्रिया अघि बढाउन ७ दिनको समय दिएको छ। गएको भदौ महिनामा आएको उक्त बाढीमा १,४६४ जनाको मृत्यु भएको थियो भने ५,२८५ जना बेपत्ता भएका अधिकारीहरूले बताएका थिए। त्यसमध्ये ११० शव पहिचान गरिएका थिए भने बाँकीको पहिचानका लागि परिवारका डिएनए सङ्कलन र परीक्षणको काम अघि बढाइएको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ताले हालसम्म ३२ वटा जिल्लाका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले बेपत्ताहरू यकिन गरी विवरणहरू पठाएको र अन्य जिल्लाहरूले पनि आफ्ना विवरणहरू पठाएपछि त्यसलाई क्रमशः अद्यावधिक गर्दै लगिने बताए। उक्त बाढीमा ६३६ जना विदेशी नागरिकहरू बेपत्ता भएकामा पछिल्लो सरकारी सूचनामा ७ देशबाट मात्रै बेपत्ताहरूको विवरण यकिन भएको उल्लेख गरिएको छ।

प्राधिकरणले प्रकाशित गरेको सूचनामा नेपाली नागरिकका हकमा स्थायी ठेगाना रहेको स्थानीय तहको सिफारिसको आधारमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा ती विवरण प्राप्त भएको जनाएको छ। विदेशी नागरिकका हकमा सम्बन्धित देशको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगको सिफारिसका आधारमा कन्सुलर सेवा विभागमार्फत जानकारीहरू प्राप्त गरिएका थिए। विवरण पठाएका ३२ जिल्लामध्ये सर्वाधिक बढी बेपत्ता बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवा जिल्लामा रहेका छन्। त्यहाँबाट १,५३८ जनाको नामावली प्राधिकरणमा पठाइएको छ।

सरकारले कार्यविधि ल्याएर मृतक घोषणाका लागि सुरुमा बेपत्ता नामावली सङ्कलन गर्ने अनि जाँचबुझ गरेर निर्णय लिनुपर्ने व्यवस्था गरेको थियो। अहिलेको सूचीमा तेह्रथुमदेखि डडेलधुरा र जुम्लादेखि ललितपुरसम्मबाट नामावली प्राप्त भएको उल्लेख छ। तर बाढीबाट अति प्रभावित नुवाकोटसहितका जिल्लाहरूको विवरण त्यसमा उल्लेख गरिएको छैन। प्राधिकरणले नुवाकोटमा ६५७ जना स्थानीय र अन्य जिल्लाबाट आएका १००० भन्दा बढी नागरिक बेपत्ता रहेको बताएको थियो।


Advertisementadv-800×200.png

सम्बन्धित खबर